टक्सार महाशाखामा तस्करीको सुन जोख्न थालियाे
काठमाडाैं | साउन २९, २०८०
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन जोख्ने प्रक्रिया सुरु गरिएको छ ।
त्यसबाट सुनलाई छुट्याएर गाल्ने र तौलिने प्रक्रिया सुरु गरिएको हो ।
सोमबार नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा कडा सुरक्षाबीच सुनसहितको कार्टुन खोलिएको छ । एउटा कार्टुनमा २० वटा ब्रेक सु रहेको जनाइएको छ ।
विभाग स्रोतका अनुसार आज ब्रेक सुबाट सुन छुट्याउने प्रक्रिया पूरा हुन्छ । त्यसपछि गाल्ने र तौलिने प्रक्रिया सुरु गरिने जनाइएको छ ।
राजस्व, भन्सार, सीआईबीलगायत निकायको संयुक्त टोलीले सुन छुट्याउने र गाल्ने तथा तौलिने प्रक्रिया पूरा गर्नेछ ।
यही साउन ४ गते सो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सरकारको निर्देशनानुसार अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीसो प्रकरणको अनुसन्धान गरिरहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

